कोरोना संक्रमणपछि उपचाररत पूर्व सभामुख महरा पत्नी सीताको निधन

हिमाली आवाज । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दशैँ लगत्तै दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

कृष्णबहादुर महरासँगै २०३५ सालमा सीताको विवाह भएको थियो। उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।उहाँ माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।

Comments
Loading...