मर्दी र माछापुच्छ्रे पदयात्रामा अब पिसिआर नेगेटिभ अनिवार्य

हिमाली आवाज । दशैँ तिहारको बिदामा तपाई मर्दी र माछापुच्छ«े पदयात्रामा जाने योजनामा हुनुहुन्छ ? कि तयारी गरिसक्नु भएको छ ? तपाई पदयात्राको तयारीमा हुनुहुन्छ भने अब तपाईले पिसिआर रिपोर्ट पनि साथमा बोक्नुपर्ने भएको छ ।

दशैँ लगत्तै जिल्लाका यी दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसिआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने निर्णय गरिएको हो ।

चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ«े नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखी पदयात्रामा आउनेहरुले पिसिआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन् ।

मङ्गलबार माछापुुच्छ«े गाउँपालिका वडा नं ७,८ र ९ का वडाध्यक्षहरु,पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प,मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति,माछापुच्छ«े मोडल ट्रेक व्यवस्थापन समिति लगायत सरोकारभएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्र्ने निर्णय गरिएको माछापुच्छ«े मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।

स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पर्यटन व्यवसाय पनि सञ्चालन गर्ने उद्धेश्यले सो निर्णय गरिएको बताइन्छ । माछापुच्छ«े नमूना पदयात्रा मार्गमा समेत सो व्यवस्था गरिएको समितिका सचिव कुलप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुच्छ«ेमा पदयात्री उल्लेख्य बढेका छन्,सङ्क्रमण बढि भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसिआर रिपोर्ट अनिवार्य गरेका हौँ ।”

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ«ेमा आन्तरिक पर्यटकको भीड बढेको हो ।
विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको छ । कसरी पदयात्रीको पिसिआर रिपोर्ट चेकजाँचको व्यवस्था गर्ने भनेर तयारीका लागि समेत दुई दिनको समय राखिएको बताइन्छ ।

माछापुच्छ«े गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्याधिक जनदवाव आएको र स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताउनुहुन्छ । मर्दी पदयात्रामा धम्पुस,घलेल,सिदिङ,कालिमाटी लगायतका बस्तीहरु पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसिआर अनिर्वाय गरिएको उहाँको भनाई छ ।

वडाध्यक्ष दवाडीले भन्नुभयो,“सीमा जोडिएका जिल्लादेखी अत्यधिक सङ्क्रमण भएका स्थानबाट समेत मानिसहरु पदयात्रामा आएका छन्,जसले गर्दा कोही पनि सुरक्षित भएको महसुस भएन । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई सबैले पालना गर्न भनेका हौँ । ”
मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रुपमा विकास गरिएको छ ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङ तथा माछापुच्छ«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

माछापुच्छ«े नमूना पैदलमार्ग माछापुच्छ«े गाउँपालिका–९ को कुईबाङबाट,सैँतीघ्टट,प्रम्धुङ हुँदै शुरु हुन्छ ।  रिभान, लाहाचोक,घाचोक तथा साविक माछापुच्छ«े गाविसबाट समेत यस पदयात्रा गर्न सकिन्छ ।

Comments
Loading...