गण्डकी प्रदेशका कृषि मन्त्री थापालाई कोरोना संक्रमण

हिमाली आवाज । गण्डकी प्रदेशका भूमि व्यवस्थाकृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर कोरोना संक्रमित हुनुभएको छ ।

केही दिनअघिदेखी रुघा,खोकी र ज्वरो आएपछि कोरोना आशंकामा मंगलबार नमूना लिइएकामा मन्त्री थापाको आज कोरोना रिपोर्ट पोजिटिभ आएको मन्त्री थापाका स्वकीय सचिव भरत खनालले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

मन्त्री थापाले आफूलाई अहिले समान्य लक्षण देखिएपनि केही दिनमै ठीक हुने विश्वास व्यक्त गर्नुभयो ।“शुरुमा ज्वरो आएपनि अहिले सामान्य छ स्वास्थ्य ।केही दिनमा पूर्ण निको भएर नियमित काममा फर्किन्छु ।” उहाँले भन्नुभयो ।

Comments
Loading...