पोखरामा छ कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये पाँच जना कास्कीको पोखराका र एक जना तनहुँका छन् । तनहुँका संक्रमितको पोखरामा उपचारका क्रममा निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नं ३२ का ४२ वर्षीय संक्रमित महिला, वडा नं २६ का ७३ वर्षीय पुरुष, वडा नं २५ का ५२ वर्षीय पुरुष, वडा नं १६ का ५९ वर्षीय र २८ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी तनहुँको व्यास नगरपालिकाका ७० वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा कोरोनाबाट मर्नेको संख्या ९३ पुगेको छ ।

Comments
Loading...