अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जीत नजिक

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्रिकतर्फका प्रत्यासी जो बाइडेन जीत नजिक पुगेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जीत हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए । मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्ने प्रोजेक्सन गरिएको छ । ह्वाइट हाउस जानका लागि बाइडेनलाई यी राज्यको मत निर्णायक साबित हुनेछ ।

अब कुनै एक ब्याटलग्राउन्ड स्टेटमा विजय हासिल गरे उनी राष्ट्रपति बन्नेछन् । मिसिगन र विस्कन्सिन राज्य डेमोक्रेटिक पार्टीको बाहुल्यता भएका राज्य मानिन्थे । यद्यपी, गत चुनावमा डोनाल्ड ट्रम्प त्यहाँबाट विजयी भए ।

Comments
Loading...