पोखरामा थपिए  १०० संक्रमित

हिमाली आवाज । पोखरा महानगरपालिका कोरोनाको ‘हटस्पट’ बनेको छ । केहीदिनयता पोखरामा संक्रमण तीव्र रुपमा फैलिइरहेको छ ।
बिहीबार दिउसो १२ बजेसम्मको अद्यावधिक विवरणमा पोखरा महानगरभित्रमात्रै १०० संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग उपचार केन्द्रमा ५३ र लाइफ केयर डायग्नोेष्टिकमा ४७ गरी पोखरामा १०० संक्रमित थपिएका हुन् ।

त्यसैगरी नवलपरासीपूर्वमा ४७, बाग्लुङमा दुई,पर्वतमा १४, स्याङ्जामा दुई ,लमजुङमा दुई र तनहुँमा ११ जना थपिएको निर्देशनालयले जनाएको छ । हालसम्मको अद्यावधिक विवरणमा गण्डकी प्रदेशमा १७८ संक्रमित थपिएका छन् ।

Comments
Loading...