नेकपाका दुई अध्यक्षबीच आज बालुवाटारमा निर्णायक वार्ता

काठमाडौं । नेकपाभित्र देखिएको विवादबारे प्रधानमन्त्री केपी ओलीसँग निर्णायक वार्ता गर्न प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।श्रोतका अनुसार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग निर्णायक छलफल गर्नुहुनेछ ।

“कहिले के, कहिले के कुरा आयो, अहिले राजिनामा मागेको हल्ला फिजाएका छन् ।” प्रचण्डको भनाई उद्दृत गर्दै श्रोतले भन्यो, ‘ओलीको वास्तविक कुरा के हो भनेर आज छलफल हुन्छ ।”

नेकपा स्थायी समितिले सहमतिको प्रस्ताव तयार गरेर निर्णय गरेपनि त्यो कार्यान्वयन हुन नसक्दा पार्टीभित्र गम्भीर समस्या चुलिएको छ । यहीबीच कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखिएका विवादले केन्द्रमा दुबै अध्यक्षबीच स्पष्ट दूरी झनै बढेको थियो ।त्यसयता दुबै अध्यक्षबीच एकदुईचोटी संवाद भएपनि त्यसले सार्थक रुप लिन सकेको छैन ।

यसैबीच बुधबार मात्रै प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अभिव्यक्ति दिनुभएको थियो । पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै प्रचण्डले आज ओलीसँग पार्टीभित्रका समस्याका बारेमा निर्णायकरुपमा छलफल गर्ने तयारीमा रहेको बुझिएको छ ।

Comments
Loading...