समाजसेवी बरालको श्रद्धाञ्जली सभा

श्रीराम सिग्देल

हिमाली आवाज । पोखरा महानगरपालिका–४ निवासी समाजसेवी खुब बहादुर बरालको १३औं दिनको पूण्य तिथिको अवसरमा आज श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

सभामा पोखरा महानगरपालिका प्रमुख  मान बहादुर जिसीले स्व.बरालले आफ्नो जीवनकालमा गरेका  संघर्ष र मेहनत अतुलनिय रहेको चर्चा गर्नुभयो ।

health

समाजका हरेक गतिविधिमा बरालले खेलेको भूमिका अविश्मरणीय रहेको र उहाँले देखाएको समाजसेवाको बाटोमा सबै लाग्नुपर्ने जिसीले बताउनुभयो ।

सभामा सिंगापुर गोर्खा पेन्सनर्स एसोसियसन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष हरिध्वज गुरुङ, गोरखा मेमोरियल म्युजियमका अध्यक्ष मेजर थम बहादुर गुरुङ, स्व. बरालका भाई शिब वहादुर बराल , शरद चन्द्र बराल लगायतले बरालका योगदानको स्मरण गर्नुभएको थियो ।

विसं २०१० साल बैशाख ९गते साविक आर्वा बिजय गाविस वडा नं ३ गैराबारीमा जन्मिनुभएका बराल हाल पोखरामा बस्दै आउनुभको थियो।  बसोबास पोखरा ४ पराजुली मार्गमा रहेको थियो ।पेट सम्बन्धी रोगबाट पीडित बरालको यही कार्तिक ८ गते निधन भएको थियो ।

स्व.बराल सिंगापुर गोर्खा पेन्सनर्स एसोसियसन नेपालका द्वित्तीय केन्द्रीय उपाध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो।

टिप्पणिहरु
Loading...