टिप्पर भीरबाट खस्दा चालक र सहचालकको मृत्यु

हिमाली आवाज । नवलपरासीमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा टिप्पर चालक बाराको सिमरा बस्ने वर्ष ४० वर्षीय रामहरि थापा र सह चालक सोही ठाउँका ३४ वर्षीय राजेन्द्र चौधरी छन्।

बिनयी त्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारी स्थित भित्री सडक खण्डमा (पाल्पा( सर्दि) होंशि सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिप्पर अनियन्त्रित भई भिरबाट अन्दाजी ३०० मिटर तल खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...