हिमाली आवाज । पोखरामा कोरोना संक्रमित ३० दिनका बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिकाका ती शिशुको आज मध्यान्ह १२ः१५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्र्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ससँगै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा चार कोरोना संक्रमितको मृत्यु भएका छ । तीन जना पोखरा महानगरपालिकाका हुन् भने एक जना बाग्लुङका रहेका छन् ।
पोखरा–१७ का ७५ वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा विहान ९ बजे उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा–१० का ५७ वर्षीय पुरुषको हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ।
त्यसैगरी बाग्लुङको जैमिनी नगरपालिका–९ का २९ वर्षीय पुरुषको पनि हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।