रुपा गाउँपालिकाको सेवा कात्तिक २३ सम्म बन्द

हिमाली आवाज । कास्कीको रुपा गाउँपालिका कार्यालयले प्रवाह गर्ने सेवा कात्तिक २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले बताउनुभयो।

health

कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्वन्धित व्यक्तिसँग सम्पर्कमा रहेका गाउँ कार्यपालिकाको कार्यालयमा रहेका पदाधिकारी तथा कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले गाउँ कार्यपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले पछिल्ला दिनमा सङ्क्रमण बढिरहेकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न समेत गाउँवासीमा आग्रह गरेको छ ।
यसैगरी पोखरा महानगरपालिका वडा नं १ को सेवा पनि अर्को सूचना जारी नभएसम्मका लागि आजदेखी बन्द गरिएको छ । त्यसैगरी वडा नं १७ मा पनि कर्मचारीमा संक्रमण देखिएकाले सेवा बन्द गरिएको ती दुई कार्यालयले सूचना जारी गरी जनाएका छन् ।

टिप्पणिहरु
Loading...