कास्कीमा १०८ सहित गण्डकीमा १९६ संक्रमित थपिए

हिमाली आवाज । गण्डकी प्रदेशमा आज १९६ कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा सबैभन्दा बढी १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी नवलपरासीमा २९, तनहुँमा २७, स्याङ्जा र बाग्लुङमा १२÷१२ लमजुङमा तीन, पर्वतमा चार र गोर्खामा एक जना संक्रमित थपिएका छन् । ९४० जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार कोरोनाबाट कास्कीमा तीन र तनहुँमा एक सहित चार जनाको मृत्यु भएको छ भने ३३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म प्रदेशमा आठ हजार ७३९ जनामा संक्रमण देखिएकामा चार हजार ८३५ निको भएका छन् । कोरोनाबाट १०० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्र्देशनालयले जनाएको छ ।

Comments
Loading...