सांसद केसीको निधनमा नेकपा कास्कीद्धारा दुःख व्यक्त

हिमाली आवाज । प्रतिनिधिसभाका सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधन भएकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले दुःख व्यक्त गरेको छ ।

नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले शुक्रबार एक श्रद्धाञ्जलि सन्देश जारी गर्दै सांसद केसीको अकल्पनीय र असमायिक निधनबाट नेकपा ज्यादै मर्माहत र दुःखित भएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा पार्टीका तर्फबाट दिवंगत केसीप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ । सांसद केसीको ६३ वर्षको उमेरमा गत कात्तिक १७ गते राति आफ्नै निवास पोखरा–७ मुस्ताङचोकमा निधन भएको थियो ।

Comments
Loading...