अध्यक्ष कोइरालाले जन्मदिनमा घोषणा गरे अक्षयकोष र पुरस्कार

पोखरा, २२ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा गर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कारको घोषणा गरेका गर्नुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका कोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघका गतिविधिमा सरिक हुँदा भत्ता बापत् प्राप्त गरेको करिब रु दूई लाखबाट अक्षयकोष बनाउने घोषणा गर्नुभएको हो । अक्षयकोष रु पाँच लाखको हुने पनि उनले उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्यमहासंघ गण्डकीको संस्थापक अध्यक्ष कोइरालाले महासंघ गण्डकी अन्तर्गत संचालन हुने सो कोषबाट आउने व्याजबाट गण्डकी प्रदेश भित्रका उत्कृष्ट उद्योग वाणिज्य संघलाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।

‘पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्य हुँदै अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष हुँदासम्म प्राप्त गरेको भत्ता जोगाएर राखेको थिएँ’,उहाँले भन्नुभयो,‘जन्मदिनको अवसरमा निजी क्षेत्रकै लागि केही गरौँ भनेर पु्रस्कार घोषणा गरेको हुँ ।’

Comments
Loading...