पोखरा जुलोजिकल पार्कको विवाद मिलाएर लैजान आग्रह

हिमाली आवाज । पोखरा लेखनाथस्थि पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाईटेड क्लवका सल्लाहकारहरुले जोड दिएका छन् ।

सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा अधिकांश सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजानका लागी युनाईटेड क्लवलले पहलकदमी गर्नुपर्ने वताएका हुन ।

युनाईटेड क्लवको पांचौ अधिवेशनबाट निर्वाचित नया पदाधिकारी र हालै चयन भएका सल्लाहकारहरुको तेश्रो वैठकमा अधिकांश सल्लाहकारहरुले पोखरा जुलोजिकल पार्कको विवाद मिलाएर जानुपर्नेमा जोड दिएका हुन ।

बैठकमा वोल्दै क्लवका सल्लाहकार शुसिलराज पराजुलीले युनाईटेड क्लवको पहलकदमी र प्रदेश सरकारको सहयोगमा पोखरा लेखनाथमा पोखरा जुलोजिकल पार्क निर्माणको काम जारी रहदा केही स्थानिय र पार्क ब्यवस्थापन समितिबीच विवाद सिर्जना भइ अदालती प्रकृयामा रहेकाले त्यसलाई सुल्झाउनुको विकल्प नरहेको बताउनुभयो ।

सल्लाहकार श्यामकृष्ण श्रेष्ठले युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणको लागि भन्दै वढी भन्दा वढी रकम छुट्याएको र चिडियाखाना क्लवको ड्रीम प्रोजेक्ट भएकाले जस्तोसुकै विवादलाई पनि सुल्झाएर क्लव अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो ।
क्लवका सल्लाहकार पवित्रादेवी गुरुङले चिडियाखाना निर्माण प्रकृया अगाडी वढिरहदा केही त्रुटिका कारण उक्त काम रोकिएकाले त्यसलाई अगाडी वढाउनका लागी सवै पक्ष मिलेर जानुको विकल्प नरहेको बताउनुभयो ।

सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिमालय बख्रेलले पोखरा जुलोजिकल पार्कको विवाद समाधानका लागि आफुले पहलकदमी थाल्ने प्रतिविद्धता व्यक्त गर्नुभयो ।

क्लवका सल्लाहकार विश्वप्रकाश लामिछानेले क्लवले हालै पोखराको साहित्यको उद्गम थलो लेखनाथको अर्चलेमा जग्गा किनेकोमा खुसी ब्यक्त गर्नुभयो ।
क्लवका पूर्व अध्यक्ष तथा सल्लाहकार सुक बहादुर गुरुङले क्लवमा रहेका सम्पूर्ण सदस्यहरु जिम्मेवार भएर क्लवको उद्देश्यलाई हासिल गर्नतर्फ लाग्नुपर्ने र सल्लाहकारहरुलाई समेत जिम्मेवारी बहन हुने काम दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै निवर्तमान अध्यक्ष लालकाजी गुरुङले क्लवको आर्थिक पाटो मजवुद बनाउनका लागी क्लवले महोत्सव बाहेकका अन्य वैकल्पिक योजनाहरु ल्याउनुपर्ने बताउनुभयो ।
लिलाधर अधिकारीले क्ल्बले आफनै भवन निर्माणको लागि क्लवले पहलकदमी गर्नुपर्ने बताउनुभयो । गोविन्द अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्रामीण भेगबाट आउने विरामीहरुलाई लक्षित गरी हेल्प डेस्क राख्न सके राम्रो हुने बताउनुभयो ।

क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए भने प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

Comments
Loading...