“संक्रमित स्वयम् कोरोनाको उपचार गर्ने डाक्टर हुन्”

हिमाली आवाज । पोखराका पत्रकार कृष्णमणि बराल कोरोना संक्रमणमुक्त हुनुभएको छ । कोभिड–१९ कोरोना संक्रमण भएको ३४ औं दिनमा चौथो पटक दिएको पीसीआर रिपोर्ट आइतबार नेगेटिभ आएको उहाँले जाकारी दिनुभयो ।

संक्रमणमुक्त भएपछि बरालले कोरोनासँगको लडाईमा आइसोलेशनमा रहदा स्वास्थ्यलाभको कामना गर्नु हुने, बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने, घरमै आएर उर्जा थप्नु हुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

फोटो पत्रकार समेत रहनुभएका बरालको आइशोलेसन बसाई कस्तो रह्यो त ? संक्रमणमुक्त बरालको अनुभव यस्तो छ ।

कोरोनाको उपचार गर्ने डाक्टर संक्रमति स्वयम् आफै हो । कोरोना भाइरसको औषधी, खोप अहिले सम्म बनिसकेको छैन् । दिर्घ रोगी भए पहिले जुन जुन औषधी सेवन गर्नु हुन्छ त्यो औषधी नियमीत सेवन गर्नु नै प¥यो । बाँकी औषधी भनेको संक्रमणको बेला जे जे समस्या आइलाग्छन त्यही त्यहीको औषधी प्रयोग गर्ने हो । जस्तै ज्वरो आए ज्वरोको, खोकी लागे खोकीको ।

कोभिडको औषधी त बनेकै छैन । अर्को प्रमुख औषधी भनेको कोरोनालाई परास्त गर्न सक्छु भन्ने आत्म विश्वास, मनोबल उच्च बनाउनु नै हो । नियमीत तातोपानीको बाफ लिने, तातो पानी, बेसार पानी, तातो सुप प्रशस्त खानुहोस । पौष्टिक खाना, कागती पानी, अदुवा नियमीत रुपमा रुटिङ मिलाएर खाने र व्यायाम गरेमा यसलाई सजिलै जित्न सकिन्छ । बृद्ध बुवाआमा, बालबालिका र दीर्घ रोगीलाई भने स्याहार सुसार र नियमित खानपान मिलाउनु पर्ने हुन्छ ।

आकस्मिक स्वास्थ्य समस्या जटिल बन्न सक्छ । त्यसलाई ध्यानमा राख्दै सक्ने अवस्था भए घरमै अक्सिजन दिन मिल्ने गरि तयारी गर्दा स्वास्थ्य जटिल बनिहालेको अवस्थामा अस्पताल सम्म लग्न सहज हुने छ ।कोरोनालाई सजिलै जितिन्छ भनेर स्वास्थ्यको ख्याल नगर्ने, अनुशासनमा नबस्ने हो भने कोरोना काल पनि बन्न सक्छ ।

कति जनाले रक्सी खाए कोरोना लाग्दैन भन्ने गरेको पाइएको छ । कोरोना संक्रमितले पनि एक दुई प्याक रक्सी पिए ठीक हुन्छ भन्ने समेत सुनिदै आएको छ । यसो गर्नु आफ्नो स्वास्थ्यमाथी खेलवाड गर्नु हुने छ । होम आइसोलेशनमा रहेका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नु पर्छ । अस्पतालमा रहेका बिरामीलाई आकस्मिक रुपमा केही भइहाले स्वास्थ्य कर्मी डाक्टर निगरानीमा हुन्छन् तर होम आइसोलेशनमा रहेकाका लागि त्यो सुबिधा हुँदैन । त्यसैले श्वासप्रश्वासमा समस्या भएमा वा अरु कुनै जटिल समस्या आएमा तुरुन्तै डाक्टर संग सम्पर्क गर्नु पर्दछ । कोरोना संगको लडाईमा रहनु भएका सबैलाई छिटो निको हुनुहोस हार्दिक शुभकामना छ ।

कोरोनालाई यस अघि नै परास्त गर्नु हुने सबैलाई बधाई । तर कोरोना जिते भनेर ढुक्क हुने अवस्था भने छैन् । बैज्ञानिकलाई मात्र होइन भगवानलाई समेत तीन छक पार्दै मानव कालको रुपमा फैलिएको कोरोना एक पटक लागेपछि फेरि सर्दैन भन्ने कुनै बैज्ञानिक आधार अहिले सम्म छैन । त्यसैले कोरोनालाई जिते पनि पहिलेको जस्तै सर्तकता अपनाएर सुरक्षित रहनु पर्ने छ । सबैले स्वास्थ्यको ख्याल गर्नु होला । सुरक्षित रहनु होला ।

Comments
Loading...