पूर्व एमालेको भेला, नेपाल पक्ष अनुपस्थित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ ।

आइतबार जिल्ला अध्यक्ष कृष्ण राईको संयोजनमा भेला भएको हो । भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको थियो । पूर्व एमालेको भेला भनिए पनि बरिष्ठ नेता माधवव नेपाल पक्ष भने सहभागी भएनन् ।

‘पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको हो । हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पु¥याउनु होइन’, जिल्ला अध्यक्ष राईले भन्नुभयो ।

उहाँका अनुसार भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेको बताइन्छ । पूर्व माओवादी पक्षलार्ई भने खबर नगरेको बताइन्छ ।

Comments
Loading...