“सुनचाँदी व्यवसायीलाई लामो समयदेखी काँचो सुनको अभाव”

हिमाली आवाज । सुनचाँदी व्यवसायी संघ स्याङ्गजाको १५ औ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापति चन्द्रकिशोर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा गौतमले सुनचाँदी व्यवसायीहरुले लामो समयदेखी कच्चा पदार्थ काँचो सुनको अभाव खेप्दै आएकाले नेपाल राष्ट बैक मार्फत आउने सुन सबै जिल्लाका व्यवसायीहरुले समानुपातिक रुपमा नपाएको बताउनुभयो ।

उहाँले व्यवसायी अनुगमनका नाममा प्रताडित भएका भएकाले छिटो कार्यविधि बनाई लागू गर्नुपर्नेमा जोड दिँदै कोरोना भाइरसका कारण कालिगढको चुलो जल्न छाडेको अवस्थामा महासंघले जिल्ला संघहरुलाई आह्वान गर्दै करिब रु एक करोड २५ लाखको राहत बाडिएको र सरकारलाई कोरोना कोषमा रु १५ लाख रुपैया आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष पूर्णबहादुर विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका उपसभापति कृष्ण बहादुर वि.कले सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका क्षेत्रमा धेरै समस्याहरु भोग्नु परिरहेकाले राज्यले वेलैमा व्यवसायीहरुको समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष एवं पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष निर्मल दियालीले कोभिड १९ का कारण व्यवसाय नै धरापमा परेकाले व्यवसायीहरुको संरक्षण र सम्वद्र्धनमा स्थानीय व्यवसायीहरु सकृय हुन जरुरी छ । सकृय हुनु जरुरी रहेको औँल्याउनुभयो ।

साधारण सभामा कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिवको प्रगती प्रतिवेदन सर्व सहमतिले गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रितम खड्काले गर्नुभयो भने कार्यक्रम सञ्चालन सचिव लेखनाथ गहतराजले गर्नुभएको थियो । साधारण सभाले पूर्णबहादुर विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिलाईनै अनुमोदन गरेको छ ।

Comments
Loading...