समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

काठमाडौँ । समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ ।

असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ ।

Comments
Loading...