कास्कीमा देउसी भैलो र भीडभाडजन्य कार्यक्रम नगर्न प्रशासनको आग्रह(सूूचना सहित)

हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले आउँदै गरेको नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीमा देउसी भैलो नखेल्न सर्वसाधारणमा आग्रह गरेको छ ।प्रशासनले आज एक सूचना जारी गरी चाडपर्व मनाउँदा आफू रहेकै स्थानमा परिवारका सदस्यहरुबीच मात्र मनाउन आग्रह गरिएको छ ।

चाडपर्वहरुको समयमा हुने अधिक आवागमन तथा भीडभाडजन्य गतिविधिबाट संक्रमणको जोखिम थप जटिल हुने विषयलाई मध्यनजर गरी देउसी भैलो जस्ता कार्यक्रमा आयोजना नर्गनु नगराउनु एवं भीडभाडजन्य गतिविधि नगर्न आग्रह सबै जिल्लावासीमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।

प्रशासनले सूचनाको अवज्ञा गर्ने व्यक्तिहरुलार्ई संक्रामक रोग ऐन २०२० एवं अन्य प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ ।

Comments
Loading...