पौडी खेल्ने क्रममा खोलाले बगाएर १६ वर्षीय किशोर बेपत्ता

हिमाली आवाज । म्याग्दीमा आज खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

दिउसो अन्दाजी १३ः२० बजेको समयमा मंगला गाउँपालिका वडा नं ५ छिस्बाङ टिकाबाङ बस्ने अन्दाजी १६ वर्षीय शंकर बिकको म्याग्दी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले गण्डकीले जनाएको छ ।

घटना लगत्तै सो स्थानमा तत्कालै प्रहरी टोली खटिई खोजिकार्य भईरहेको जनाइएको छ ।

Comments
Loading...