नेपालमा कोरोना संक्रमित दुई लाख नजिक

हिमाली आवाज । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्न लागेको छ । त्यसैगरी आजमात्रै दुई हजार ५७१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरी ११ हजार १७७ जनाको पिसिआर टेष्ट गरेकोमा परीक्षणका क्रममा विभिन्न जिल्लामा गरी दुई हजार ५७१ ज्नामा संक्रमाण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सँगै सङ्क्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस निको भएर १ हजार ७९८ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।

हाल नेपाल कोरोना संक्रिय संक्रमितको संख्या भने ३६ हजार ५१४ पुगेको छ ।

Comments
Loading...