कोरोना भाइरस विरुद्धको खोपले ९० प्रतिशत मानिस सुरक्षित हुने 

एजेन्सी । कोरोना भाइरस विरुद्धको खोपले ९० प्रतिशत मानिसलाई सुरक्षित बनाउन सक्ने एक प्रारम्भिक अध्ययनले देखाएको छ ।

सो खोपको विकासकर्ता तथा उत्पादनकर्ता फिजर र बायोटेकले यसलाई विज्ञान र मानवताका लागि महान दिनका रुपमा चित्रण गरेका छन् । ती दुई कम्पनीले विकास गरेको खोप ६ वटा मूलुकका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको र कुनै स्वास्थ्य समस्या नदेखिएको अनुसन्धानकर्ताको दाबी छ ।

खोप परीक्षण सफल भएपछि दुबै कम्पनीले यही महिनाको अन्त्यसम्ममा खोप उपयोग गर्न डब्लुएचओमा आपतकालिन अनुमोदनका लागि आवेदन दिने उल्लेख गरेका छन् ।

दर्जनौं कम्पनी खोप परीक्षणको अन्तिम चरणमा रहेपनि फिजर र बायोटेक कम्पनीले भने परीक्षणको अन्तिम चरणमा पुगेको बताएका हुन् । फिजर अमेरिकी बहुराष्ट्रिय फार्मास्युटिकल्स कर्पोरेशन हो भने बायोटेक जर्मन बायोटेक्नोलोजी कम्पनी हो ।

Comments
Loading...