नवौँ राष्ट्रिय खेलकूदका लागि कोरोना चूनौती : सदस्य सचिव सिलवाल

हिमाली आवाज । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चूनौतीका रुपमा रहेको बताउनुभएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले आगामी मङ्सिर १५ सम्म कोरोना सङ्क्रमण कम भएर अवस्था सहज भएको खण्डमा प्रतियोगिता निर्धारित समयमै आयोजना हुने समेत स्पष्ट पार्नुभयो ।

तीन महिनाको अवधिमा प्रतियोगिता तयारी, खेलाडी प्रशिक्षण लगायतका काम सम्पन्न गर्न सकिने भएकाले निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा आफूहरु आशावादी रहेको सदस्य सचिव सिलवालले बताउनुभयो ।

प्रतियोगिताका लागि पोखरामा एक÷दुई वटा खेलका पूर्वाधार बाहेक अन्य सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले समेत प्रतियोगिता सञ्चालनमा कठिन नपर्ने उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा न्यूनतम एउटा खेल सञ्चालन गर्ने योजना रहेको बताउँदै सदस्य सचिव सिलवालले खेलाडी,प्रशिक्षक, खेल सङ्घ,पत्रकारिता जगत् लगायतको सहयोगबाट पोखरा खेलकूदको शहरको रुपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

उहाँले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता १६ हजार ५०० बाट बढाएर २० हजार पु¥याइने जानकारी दिनुभयो । परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट पोखरामा गत वर्र्ष १३ सागका आठ खेल सम्पन्न भएको बताउँदै उहाँले सागपछि पोखरा रङ्गशालामा खेलकूद पूर्वाधारका विकास भएको उल्लेख गर्नुभयो ।

Comments
Loading...