रिभानको खहरेखोलामा पक्की मोटरेवल पुल निर्माण शुरुभएपछि स्थानीयवासी उत्साहित

हिमाली आवाज । तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे बगाउँदा बर्खायाममा सडक सम्पर्कबाट विच्छेद कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभानका स्थानीयवासी पक्की माटेरेवल पुल बन्ने भएपछि खुःशी भएका छन् ।

रिभानको खहरेखोलामा बर्खायाममा कजवेबाट यातायात वारपार हुने गरेकामा विसं २०७४ साउन २४ गते रातिको पहिराले पुल सहित केही घर बगाएपछि स्थानीय यातायात सम्पर्कबाट टाढा थिए ।

खहरेखोला पाथ्रे पुलको आज शिलान्यास गर्नुहुँदै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार पुल, सडक, खानेपानी तथा सिँचाईका माध्यमबाट जनताको घरघरमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रदेश सरकारले जे बोल्छ त्यही गर्छ हामी जनतालाई आधारभूत सुविधा उपलव्ध गराउन लागि परेका छौँ । हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र संघीयता र त्यसैका आधारमा बनेको सरकारले जनताको पीरमर्का र बुझेर काम गर्छ ।”

मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारले यसै वर्ष गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने र काठे पोल विस्थापन गरी फलाम र स्टील पोल राखिने मन्त्री बस्नेतले जानकारी दिनुभयो।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्रदेश सरकार गठनपछि ग्रामीण भेगमा समेत विकासका पूर्वाधार निर्माणले तीव्रता पाएको बताउनुभयो ।
उहाँले माछापुच्छ«ेको वडा नं २ र ३ जोड्ने गरी सेती नदीमा पुल नहुँदा वडा नं २ का स्थानीयवासी गाउँपालिका आउन समेत पोखरा पुगेर आउनुपर्ने बाध्यता रहेकाले यसैवर्षमा पुल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद बरालले पोखरामा शुद्ध खानेपानी वितरणका लागि समेत हालको मर्दी मुहान तीन किमी माथि सार्नुको विकल्प नभएकामा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पुल समयमै सम्पन्न गर्नका लागि पालिकाकोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो ।पर्यटन,कृषि,उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«ेको आधार सहित गाउँपालिका विकासमा अघि बढेको अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो ।

हिउँदयाममा खोलाबाटै सवारीसाधन सञ्चालन भएपनि बर्खामा नदी बढ्दा यातायात सम्पर्कबाट विमुख रहनुपर्ने बाध्यता रहेकामा गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माण शुरु गरेपछि स्थानीयवासी उत्साहित बनेको सोही वडाका वडाध्यक्ष जुमबहादुर गुरुङले बताउनुभयो ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख ३० हजार ६८२ लागतमा पक्की पुल निर्माण शुरु भएको हो ।

विसं २०७८ असोज ६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी इन्द्रेणी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जिीनियर दिनेश घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले गाउँपालिकामा संघ,प्रदेश तथा पालिकाको लगानीमा सडक,पुल,सिँचार्ई लगायत पूर्वाधार विकासलाई अघि बढाइएको जानकारी दिनुभयो ।

Comments
Loading...