कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यसम्म आम जनताको पहुँचमा !

काठमाडौँ । संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला?

यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्।

अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्।

फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

Comments
Loading...