ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीनजनाको मृत्यु

हिमाली आवाज । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका तीनजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको मौरीघाटमा गएराति ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । रा ५ प ६७३३ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा त्यसमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक अनियन्त्रित भएर पल्टिएको छ । मृत्यु हुने तीनजना नै दाङका रहेका छन् ।

Comments
Loading...