वरिष्ठ पत्रकार शर्मा र गण्डकी प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण

हिमाली आवाज । प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार माधव शर्मा र उहाँका धर्मपत्नी गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा कोरोना संक्रमित हुनुभएको छ ।

पत्रकार शर्माले कोरोना आशंकामा गत सोमबार काठमाडौँमा नमूना दिएकामा आज विहान रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । उहाँ हाल काठमाडौँमा घरमै आइशोलेशनमा बस्नुभएको छ ।

यसैगरी गण्डकी प्रदेशसभाका उपसभामुख शर्माको पनि आज विहान कोरोना परीक्षण नतिजा पोजिटिभ आएको हो । दुई दिन अघि ज्वरो आएपछि परीक्षणका लागि नमूना दिएकामा आज कोरोना पोजिटिभ आएको शर्माले हिमाली आवाजलाई जानकारी दिनुभयो । शर्मा पोखरामै निवासमा आइशोलेसनमा रहनुभएको छ । हाल आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको शर्माले बताउनुभयो ।

“दुई दिन अघि ज्वरो आएपछि नमूना दिएकी थिए । आज नतिजा कोरोना संक्रमण भएको आयो । निवासमै छु, हाल भने स्वास्थ्य अवस्था सामान्य छ ।”शर्माले भन्नुभयो ।

Comments
Loading...