कुखुरा बोक्ने गाडी ट्रकमा ठोक्किदा तीन जनाको मृत्यु

हिमाली आवाज । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको जानकारी दिनुभयो ।

Comments
Loading...