विकास आयोजना अनुगमनमा सांसद भट्टराईको व्यस्तता

हिमाली आवाज । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको कास्की निर्बाचन क्षेत्र नं २ मा सञ्चालित विभिन्न विकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ ।

भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानीय सरकारबाट संचालित आयोजनाको अनुगमन गर्दै स्थानीय अगुवा ,समाजसेवी,उपभोक्ता र जनताहरुसँग साक्षात्कार समेत गर्नुभएको छ ।

उहाँले बुधबार पोखरा–३३ भरतपोखरी पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गर्नुभयो । उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघिय सरकारको दुइ करोडको लागतमा ढलान र कालोपत्रेको काम भइरहेको छ ।

निर्माणाधीन सडकको अनुगमन गर्दै भट्टराईले कास्कीको दक्षिणी भेग सहित तनहुँ र स्याङ्जाका जनतालाइ समेत सहज हुने सो सडक समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिदै निर्माण कम्पनीलाई सोही अनुसार कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

स्थानीय उपभोक्ताका समस्यालाई प्राथमिकता राखेर सोही अनुसार सम्बोधन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।यसअघि भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडक लगायतका आयोजनाहरु अवलोकन गरेको भट्राईको सचिवालयले जनाएको छ ।

Comments
Loading...