पोखरामा एक करोड क्षमताको पेट्रोलियम भण्डारण गृह बनाइने, आज शिलान्यास हुने

हिमाली आवाज । सकारले पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डार गृह बनाउने भएको छ ।

पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा भण्डारण गृह निर्माण गर्न लागेको जनाएको छ ।

तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ। भण्डारण गृहको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

Comments
Loading...