सीमा नाका अझै एक महिना बन्द हुने

हिमाली आवाज । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थपेको छ । अव आगामी मंसिर ३० गतेसम्म अन्तरराष्ट्यि सीमा नाका बन्द हुनेछन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।

Comments
Loading...