नेकपामा उत्पन्न विवाद प्राविधिक मात्र भनियो भने ठूलो भूल : नेता बराल

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले पार्टीभित्र हाल उत्पन्न विबाद कुनै प्राविधिक विषयमा नभएको उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा आफ्ना भनाई राख्दै नेता बरालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उत्पन्न भएको विवाद कुनै प्राबिधिक बिषय मात्र हो भनि बुझियो भने ठुलो भुल एबं क्षति हुन सक्ने उल्लेख गर्नुभएको छ ।

“विवाद बैचारिक राजनीतिक दृष्टिकोण मा देखिएको अन्तर नै हो।एउटा दृष्टिकोण रगत र पसिना बाट प्राप्त उपलब्धि लाई माटोमा मिलाउने दलाली गर्ने, मुठ्ठिभर भक्त हरुको हितमा रमाउने भ्रष्टीकरणको दिशा वा दृष्टिकोण हो भने अर्काे संघियता, गणतन्त्र, समावेशी समानुपातिक ,सामाजिक न्याय सहितको सम्वृद्धि र धर्म निरपेक्ष आदिको रक्षा विकास गर्दै नेपाली मोडलको समाजबादमा पुग्ने हो ।” उहाँले भन्नुभएको छ ।

सबै प्रकारका विभेदहरु अन्त्यको व्यबहारिक प्रत्याभुति जनता लाई दिलाउने एवं बिश्व कम्युनिष्ट आन्दोलनको समेत विकासमा जोड दिने दृष्टिकोण आवश्यक रहेको भनाई नेता बरालको छ ।

नेता बरालले नेकपाका नेता कार्यकर्ता शुभचिन्तकहरुले व्यक्तिगत रुपमा के हात परो वा परेन भन्ने आधारमा कसैको भक्त बन्ने नबनी कुन दृष्टिकोण सही हो भन्ने कुरामा आधारित भएर नेपाली मोडलको समाजबाद स्थापना गर्ने दिशामा बहस केन्द्रित गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ,“व्यक्तिगत हिसाबले कसै लाई मन पर्ला नपर्ला समकालिन नेताहरु मध्य केही सिमाका बाबजुद साहसिक समाजवादी विचारक सक्षम नेता प्रचण्डनै हुन । बिना पुर्बाग्रह रचनात्मक आलोचना सहित साथ सहयोग दिन अझै उचाई बाट तयार हौँ।”

Comments
Loading...