बाबुको स्मृतिमा छोरा छोरीले बनाए कुवा र फलामे पुल

हिमाली आवाज । पोखरा महानगर वडा नं ६ बैदाम निवासी स्व.रुद्रनाथ बराल(रुद्रसर)को स्मृतिमा परिवारजनले पिउने पानीको कुवा सहित फलामे पुल निर्माण गरेका छन् ।

वडा न ६ मा अवस्थित मा गैराको चौतारामा निर्मित पानीको कुवा र फुट ट्रयाकमा रहेको फलामे पुलको शनिबार उद्घाटन बरालका धर्मपत्नी राधादेवी बरालले गर्नुभयो ।

आफ्नै जग्गामा अवस्थित सो पानीको कुवा र फुट ट्रयाकमा रहेको फलामे पुललाई थप व्यवस्थित गरिएको हो । बाटोमा हिडने बटुवाहरुले राम्रो र शुद्ध पानी पिउन् भन्ने उद्धेश्यले सो कुवाको निर्माण गरेको बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“श्रीमान जहिले पनि सामाजिक कार्यमा अग्रसर हुनुभएको हुनाले उहाँको उहाँको स्मृतिमा कुवा र पुलको निर्माण गरेका हौँ । आफ्नै पैतृक सम्पतिमा रहेको कुवा र पुललाई सार्वजनिक रुपमा सर्वसाधारणहरुलाई उपयोगका लागि सहज बनाएका हौँ ।”

छोराहरु किशोर, इश्वर , बुद्धिसागर बराल र छोरीहरु किरण भट्रराई,ज्योती पौडेल र विन्दु अधिकारीहरुको संयुक्त पहलमा रु सात लाख सो निर्माण सम्पन्न भएको छोरा इश्वरले जानकारी दिनुभयो ।

Comments
Loading...