चर्चित कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त 

हिमाली आवाज । चर्चित कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।

संक्रमणबाट गम्भीर स्वस्थ्य समस्या झेल्नु भएका गजुरेल अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।  गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिनुभएको हो ।

Comments
Loading...