यसवर्षको भाईटीका कति बेला लगाउने ? यति बेला छ उत्तम साइत

हिमाली आवाज । नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीका मंसिर १ गते सोमबार मनाईदैछ । यसवर्षको भाईटीकाको मुख्य साईत विहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो ।

मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत छ ।
राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।

Comments
Loading...