भाइटिका लगाउन जाँदा १३ वर्षीया बालिकाको अरिङ्गालले टोकेर मृत्यु

हिमाली आवाज । स्याङ्जामा अरिङ्गालले टोकेर एक बालिकाको निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सूूर्यप्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी १३ वर्षीया अतिथि शर्माको अरिगांलले टोकेर निधन भएको प्रहरीले जनाएको छ ।

पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अरिङ्गालले टोकेपछि उपचारका क्रममा बालिकाको हिजो साँझ गण्डकी अस्पताल पोखरामा निधन भएको थियो ।

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा बालिकालाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको बताइन्छ ।

Comments
Loading...