सचिवालय बैठकको अघिल्लो दिन अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी बताइन्छ । बुधबार (भोलि)का लागि सचिवालयका बहुमत सदस्यहरुले बोलाएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाट बढाएका छन् । दुबै पक्ष सचिवालय बैठक अघि आआफ्नो रणनीति तयार गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

Comments
Loading...