तीन हजारको परीक्षणमा ५०२ संक्रमित थपिए

हिमाली आवाज । तिहारका कारण नेपालमा कोरोना परीक्षण घटेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ११२ जनाको पीसीआर परीक्षण भएकामा ५०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या एक लाख ७९ हजार २४२ पुगेको छ ।

हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभर मृत्यु हुनेको कुल संख्या एक हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

Comments
Loading...