पोखराबाट तनहुँ जाँदै गरेको माइक्रो दुर्घटना,एकको मृत्यु,पाँच घाइते

हिमाली आवाज । पोखराबाट तनहुँको मानहुँकोट जाँदै गरेको माइक्रो आज विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीय सुनिता गुरुङको दमौलीमा उपचारका क्रममा मृत्यु भएको  ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

ग १ ख २९४२ नम्बरको माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खसेको थियो । दुर्घटनामा पाँच जना घाइते भएको बताइन्छ । माइक्रो सडकबाट ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Comments
Loading...