पोखरामा दुई मोटरसाईकलमा आगजनी गरेर फरार व्यक्ति पक्राउ

हिमाली आवाज । मोटरसाइकलमा आगजनी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १७ बिरौटाबस्ने १९ वर्षीय दिवस रानाभाट छन् ।

गत असोज २६ राति बिरौटा स्थित शिसुुनिकेतन मार्गमा पुतलीबजार नगरपालिका वडा नं.१२ घर भई सोही ठाउँबस्ने ३० वर्षीय सन्तोष अर्यालको स्टोर अगाडी पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बरको बुलेट मोटरसाईकल र ग ७ प ९७८८ नम्बरको होण्डा साईन मोटरसाईकलमा आगो लगाई क्षेती बनाई भागी फरार भएको घटनाको अनुसन्धानको क्रममा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानका क्रममा रानाभाटको संलग्नता देखिएकोले मातहत कार्यालयबाट खोजतलास गर्दा मंसिर २ गते बिरौटाबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाएको बताइन्छ ।

Comments
Loading...