कोरोना संक्रमितको तुलनामा निको हुुने बढी

हिमाली आवाज । पछिल्लो २४ घण्टाको अद्यावधिक कोरोना विवरण अनुसार आज संक्रमित दरभन्दा निको हुने बढी भएका छन् ।

देशभर एक हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएकामा पछिल्लो २४ घण्टामा तीन हजार ५३८ जना डिस्चार्ज भएका छन् । थपिएकाहरुमा काठमाडौं उपत्यकाका मात्रै एक हजार ३८ जना रहेका छन् ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ ।

Comments
Loading...