कास्की क्षेत्र नं ३ मा पूर्वाधार विकास अन्तर्गत २५ योजना छनोट

हिमाली आवाज । कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा यस वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २५ वटा योजना छनौट गरिएको छ ।

प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) को संयोजकत्वमा हालै बसेको बैठकले पूर्वाधारलाई प्राथमिकतामा राखेर रु दुई करोड बजेटको लागि साना ठुला गरी २५ वटा योजना छनोट गरेको हो ।

आफुहरुले सर्वसम्वतबाट पोखरा महानगरको १,२, ३, १८,१९ र २५ वडा र कास्कीको माछापुच्छ«े गाउँपालिकाका १ देखि ९ वटै वडाहरुमा आवश्यकताको आधारमा सर्वसम्वत रुपमा योजना छनौट गरिएको सांसद बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यस बर्ष संसोधन भएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नियमावली अनुसार कृषि, पर्यटनको क्षेत्रमा २५ प्रतिशत भन्दा बढी बजेट विनियोजन गरेका छौं ।”

जनताको आवश्यकताको आधारमा छनौट भएका योजना समयमै सम्पन्न गर्न सवै तहबाट सहयोग आवश्यक भएको सोही क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद पुष्पा केसी भण्डारीले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजवन प्रमुख दिनेश घिमिरेले आउँदो पुष महिना भित्र सवै योजनाहरु कार्यालयसँग आवश्यक प्रकृया मिलायर सम्झौता गर्नु पर्ने बताउनुभयो ।

छनोट भएका योजनाहरुमा पोखरा वडा नं १ र ३ को सिमानामा पर्ने तुल्सीघाट पूर्वाधार एवं बाटो निर्माणको लागि रु २५ लाख, माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ को खोराकोमुख ल्वाङ कोलेली कृषि सडक एवं पाखा पहिरो नियन्त्रण योजनाको लागि रु २५ लाख विनियोजन भएको छ ।

पोखरा २ को पर्यटन पूर्वाधार होमस्टे प्रबेश मिरुवा रत्नमार्गको लागि रु १० लाख, पोखरा १८ को जामुनवोट खेल मैदान निर्माणको लागि रु नौ लाख, पोखरा १९ को आचार्यथर खेल मैदान निर्माणको लागि रु नौै लाख ५० हजार, पोखरा २५ को विश्वकर्मा बस्ती सडक तथा जैसी कुना डहरे देउराली मार्ग पुल निर्माण योजनाको लागि रु ११ लाख, पोखरा ३ को छन्त्याल समाजको खेल मैदान निर्माणको लागि रु पाँच लाख, पोखरा १८ को विभूती पार्कमा जनयुद्ध जनआन्दोलनका शहिदहरुको शालिक पूर्वाधार निर्माणमा रु दुई लाख विनियोजन गरिएको सांसद बरालले जानकारी दिनुभयो ।

त्यसै गरी माछापुच्छ«े गाउँपालिका १ मा करुवा खोप केन्द्र तथा समाज भवन कम्पाण्ड एवं शौचाचालय निर्माणमा रु तीन लाख ५० हजार, माछापुच्छ«े १ कै उइदुवेशी सिंचाई योजना (मिर्सा) को लागि रु पाँच लाख, माछापुच्छ«े २ को च्याङलुङ पर्यटन मार्ग योजनाको लागि रु आठ लाख ५० हजार, माछापुच्छ«े ३ को खरीवोट भलावोट एवं वाइसधारा बाटो विस्तार योजनाको लागि रु आठ लाख ५० हजार विनियोजन भएको छ ।

माछापुच्छ«े ४ को परियार टोल तथा सुनार टोल भित्रि पैदल एवं कृषि मार्गको लागि रु आठ लाख ५० हजार, माछापुच्छ«े ५ को चिसापानी घोरखाली खोला नियन्त्रण योजनाको लागि रु आठ लाख ५० हजार, माछापुच्छ«े ६ को सयचौकी कृष्ण गौडा नौडाँडा ग्रामिण कृषि सडक निर्माण योजनाको लागि रु पाँच लाख ५० हजार, माछापुच्छ«े ६ कै चेतनशिल आमा समुहको भवन निर्माण योजनाको लागि रु तीन लाख, माछापुच्छ«े ७ को खेतियोग्य जमिन संरक्षण एवं पहिरो नियन्त्रण (चौरको विरुवा शान्तिटोल) खानीगाँउ पैदल मार्ग योजनाको लागि रु नौ लाख लाख ५० हजार, माछापुच्छ«े ९ को भिमजुङ तथा उपल्लो तादीखोला पर्यटन गोरेटो बाटो निर्माण योजनाको लागि रु आठ लाख ५० हजार, माछापुच्छ«े ६  कै भेडावारी सामुदायिक भवनमा फर्निचर तथा फर्निसिङ खरिदमा रु तीन लाख ५० हजार विनियोजन भएको छ ।

त्यस्तै पोखरा १९ को गेगटेखोला चारघरे खानेपानी योजनाको लागि रु तीन लाख ५० हजार, पोखरा १९ को डन्डेको कुलो, वौरेली कुलो, साहूको कुलो मर्मतमा रु तीन लाख, पोखरा १९ को गैरी शंकर शिवालय मन्दिर संरक्षणमा एक लाख, पोखरा १९ को सतिघाँटको क्रियापुत्री भवनको निर्माणको लागि र कुरायाँ चौतारामा क्रियापुत्री भवन निर्माण सहयोगको लागि रु छ लाख ५० हजार, पोखरा १९ कै ओम शिवशमी कल्याणी केन्द्र(वाल आश्रम) को छानो निर्माणको लागि रु १४ लाख र वडा नं १८ को ढकालथर हुदै सराङकोट जाने बतास मार्ग निर्माण एवं स्तरउन्नतीको लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

 

Comments
Loading...