ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई

काठमाडौँ । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले यस्तो बताउनुभएको हो । सरकारको असफलता र भ्रष्टाचारबारे पार्टीलेसमेत लिखित आरोप लगाइसकेकाले ओलीलाई हटाउनुपर्ने नेता भट्टराईको भनाइ छ ।

उहाँले ट्वीटमा भन्नुभएको छ, ‘नेकपाको झगडा कसरी टुङ्ग्याउने भन्ने उसको कुरा होला तर यी राज्यरनागरिकका मुद्दा प्रतिपक्षी दलले उठाउनैपर्छ हैः १. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन ।’

Comments
Loading...