यस्तो छ आजको मौसम पूर्वानुमान

हिमाली आवाज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन ।

हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ ।यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Comments
Loading...