पोखरा महानगर उपप्रमुख गुरुङलाई कोरोना संक्रमण

हिमाली आवाज । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उपप्रमुख गुरुङ आफैँले आज विहान सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण देखिएको र होम आइशोलेशनमा रहेको जानकारी गराउनुभएको छ ।

गुरुङले फेसबुकमा लेख्नुभएको छ, “सबै जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोभिड १९ वाट म पनि अछुतो रहन सकिन । त्यसैले यतिखेर म आफ्नै घरमा आइशोलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामन्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाईरससँग लडिरहेको छु ।”

Comments
Loading...