पोखरा महानगरको पशु शाखा अनिश्तिकालका लागि बन्द

हिमाली आवाज । पोखरा महानगरको पशु सेवा शाखाबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

पोखरा–१२ भेटेनरीमार्गमा रहेको शाखाका कर्मचारी कन्ट्याक ट्रेसिङमा परेपछि शाखाको सबै सेवा मंसिर ४ देखी अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि बन्द गरिएको बताइन्छ ।

शाखासँगैको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र शाखाका कर्मचारी ट्रेसिङमा परेपछि कार्यालय बन्द गरिएको पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँले सेवा केन्द्रबाट प्रदान गरिने सेवाहरु भने सुचारु रहेको जानकारी दिनुभयो ।

Comments
Loading...