पोखरामा उपचारका क्रममा तीन कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा दुई तथा लमजुङका एक सहित पोखरामा उपचारका क्रममा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला तथा एक पुरुष छन् ।

पोखरा महानगरपालिका–१७ का ७५ वर्षीया महिलाको आज विहान ३ः४५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी पोखरा महानगरपालिका–९ का ८३ वर्षीय महिलाको बिहान ७ः३० बजे फिस्टेल अस्पतालमा मृत्यु भएको निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

लमजुङको वेशीशहर नगरपालिका–५ का ७३ वर्षका पुरुषकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार साँझ ६ः४५ बजे मृत्यु भएको निर्देशनालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म १३० जना पुगेको जनाइएको छ ।

Comments
Loading...