हिमाली आवाज । पोखरा महानगरपालिकाले मङ्सिर ५ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।
महानगरले भोली पर्न गएको छठ पर्वको अवसरमा महानगरपालिका कार्यालय र ३३ वटै वडा कार्यालयहरुमा एक दिनका लागि बिदा दिइएको महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो ।

महानगरले सूचना जारी गरी नेपालीहरुको महान् पर्व छठको अवसरमा बिदा दिइएको र नगरवासीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।
तराईवासी नेपालीहरुले विगतमा पोखरामा पनि धुमधामका साथ छठ पर्व मनाउने गरेकामा यस वर्ष कोरोना कहरका कारण खासै पर्व मनाउने तयारी गरेका छैनन् ।