जन्ती बोकेको जीप दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेश प्रतापगढ जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ६ जना बालबालिकाहरू रहेका छन्। मृत्यु हुने बालबालिकाहरू ७ देखि १५ वर्षका रहेका छन् भने अन्यको उमेर २० देखि ६० वर्ष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रोकिराखेको ट्रकमा जीप ठोक्किँदा दुर्घटना भइ उनीहरुको मृत्यु भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरूको शव ढोका काटेर निकालिएको छ।

Comments
Loading...